स्वास्थ्य आपूर्तिमा तत्काल डा.कुशवाहा नै रहने, झा खेमामा पसारियो “मातम”

अशोक सिँह

जनकपुरधाम, २७ असार ।
उच्च अदालत जनकपुरले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरका निर्देशक डा.सुनिल कुशवाहाको सरुवा यथास्थितिमा राख्ने अल्पकालीन आदेशलाई अन्तरिम आदेशमा परिणत गरेको छ ।

न्यायाधीश नरिश्वर भण्डारी र ओमप्रसाद अर्यालको संयुक्त इजलासले शुक्रबार डा. कुशवाहाले सरुवा रोक्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दिएको रिटको सुनुवाइ गर्दै सो अन्तरिम आदेश जारी गरेको हो ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असार १२ गते केन्द्रका निर्देशक एघारौँ तहका केन्द्र निर्देशकका डा.कुशवाहालाई प्रादेशिक अस्पताल सिरहामा सरुवा गरेको थियो । त्यस सरुवाविरुद्ध रिट लिएर डा. कुशवाहा उच्च अदालत पुगेका थिए ।

न्यायाधीश राजुराम सिलवालको एकल इजलासले डा.कुशवाहाको सरुवा तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गर्दै निवेदक र विपक्षी दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश दिेने भन्दै असार २७ का लागि पेसी तोकेको थियो ।

जसअनुसार संयुक्त इजलासले रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो । अदालतको आदेशअनुसार डा.कुशवाहा केन्द्रका निर्देशकमा तत्कालका लागि निरन्तरता पाउने भएका छन् ।

 

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय